-साङ्केतिक तस्बिर साभार वेब

माइक्रो दुर्घटना एक जनाको मृत्यु,२० जना घाइते

Hollywood Khabar January 25,2020 Comments

१२ माघ,काठमाडौं।झापाबाट काठमाडौं आउदै गरेको माइक्रो सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको  मृत्यु भएको छ ।दुर्घटनामा २० जना घाइते भएका छन्।बा४ख ६९६ नंको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई २ ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा काठमाडौं महानगरपालिका–११ गठ्ठाघरका  ३८ वर्षीय मोहन मर्हजनको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।दुर्घटनामा घाइते भएका २० यात्रुको सिन्धुलीको विभिन्न अस्पतालमा उपचार भैराखेको प्रहरीले बताएको छ ।