-ललितपुर महानगरपालिकाका मेयर मेयर चिरिबाबु महर्जन साइकलमा सरर

मेयर चिरिबाबु महर्जन ३३ वर्ष पुरानो साइकलमा सरर

Hollywood Khabar November 29,2019 Comments

१४मंसिर ,ललितपुर ।ललितपुरमा साइकल सिटि बनेपछि  महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नै ३३ वर्ष पुरानो साइकल चढेर ‘साइकल सिटी कार्यक्रम’ को शुभारम्भ गरेका छन्।शनिबार एक कार्यक्रम आयोजना गरी  मेयर मर्हजनले पुल्चोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्गणबाट कुपण्डोलसम्म  ३३ वर्ष पहिलाको आफ्नै साइकल कुदाएका हुन्।

सरकारले असीमित मोटरसाइकल र गाडीहरु भित्र्याएका कारण साइकलयात्रीको अधिकार खोसिएको  भन्दै महानगरले साइकल प्रवर्द्धनका लागि  गतवर्ष छुट्याएको ५० लाख बजेटबाट  कुपण्डोलबाट साइकल लेनको निर्माण सुरु भएको हो। पहिलो चरणमा कुपण्डोल, पुल्चोक, जाउलाखेल, लगनखेल हुँदै पाटन दरबार स्क्वायर सम्म साइकल लेन बनाउन महानगरले जनाएको छ। अर्को रुट पुल्चोकदेखि पाटन दरबारसम्म पुग्नेछ।