https://www.youtube.com/embed/noYtyC7SPmg

मेरो डान्स कप USA 2017 इपिसोड-५ को भिडियो सार्बजनिक

Hollywood Khabar May 25,2017 Comments

विजय थापा,वाशिंगटन डीसी

मेरो डान्स कप युएसए २०१७’को ईपिसोड़ (कथाभाग) ५ को भिडियो सार्बजनिक भएको छl कार्यक्रम गत महिना अप्रिल २८ देखि सुरु भएको हो भने अन्तिम समापन (ग्रान्ड फिनाले) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने छl

इपिसोड (कथाभाग) ५ मा जम्मा २५ प्रतियोगी पुग्न सफल भएका छ भने यस बाट पुन २० जना छनौट हुने छन्l आगामी जुलाई ८ देखि प्रत्यक्ष प्रतियोगिता हुने छl यसै गरि जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनौट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाँचौ स्थानसम्म विजेताको घोषणा गरिने छ। एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताको लागि निर्णायकहरूमा नेपाली चलचित्रका नायक दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहने छन्l