https://www.youtube.com/embed/fqs3Ek_EKNo

मेरो डान्स कप USA 2017 इपिसोड ४ को भिडियो सार्बजनिक

Hollywood Khabar May 18,2017 Comments

विजय थापा/वाशिंगटन डीसी

मेरो डान्स कप युएसए २०१७’ सिजन-२ को ईपिसोड़ (कथाभाग) ४ को भिडियो सार्बजनिक भएको छ l एमडिसी नामबाट चर्चित रहेको कार्यक्रम गत अप्रिल २८ देखि सुरु भएको हो l

अन्तिम समापन (ग्रान्ड फिनाले) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने छl जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनौट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाँचौ स्थानसम्म विजेताको घोषणा गरिने छ। एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताको लागि निर्णायकहरूमा नेपाली चलचित्रका नायक दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहने छन्l

अमेरिका भर विभिन्न राज्यमा छरिएर रहेका किशोरकिशोरी, युवायुवती, नव प्रतिभा तथा कलाकारका आफूभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै मञ्च उपलब्ध गराउनु समेत संस्थाको मुख्य उद्देश्य रहेको छl