https://www.youtube.com/embed/qaBpgwbiGZA

मेरो देशको शिर झुक्न दिने छैन:नारायण कंडेल

Hollywood Khabar June 05,2017 Comments

नारायण कंडेल भन्छन मेरो देशको शिर झुक्न दिने छैन, मेरो आमाको छाती दुख्न दिनेछैन। गितकार नारायण कंडेलका देशप्रेम भावले ओतप्रोत शब्द सिर्जनामा रमेशराज भट्टराईको संगीत र स्वरमा "मेरो देशको शिर" गीत बजारमा आएको छ। 

यसअघि पनि "यस्तै छ कहानी" "यस्तै छ कहानी २" सलामी जस्ता देशप्रतिको प्रेम, चिन्ता र चासोका भाव समेटिएका उत्कृष्ट सिर्जनाका बान्कीमार्फत श्रोतादर्शकसंग सुमधुर साइनो गास्न सफल नारायण कंडेल यसपाली पनि उस्तै भावभङ्गिमा बोकेको सिर्जना कोसेली लिएर आउनु भएको छ। 

यसबाहेक यसपटकको प्रस्तुतिमा देशको खातिर प्रण पनि गरिएको छ जुन तीन करोड हाराहारी नेपालीमध्ये बालबालिका र बृद्दबृद्दालाई छोडेर बांकी रहने प्रत्येक युवाले गर्नु पर्ने अनि अझै राजनीतिको माध्यमबाट शासनको बागडोर सम्हाल्न सफल, सत्ता आरोहणको भगिरथ प्रयत्नमा जुटेका, सिद्धान्त र वाद एउटै भएर पनि निजी स्वार्थका कारण पार्टीबाट फुटेका, लगायत नेता-कार्यकर्ताले त नगरिनहुने प्रण हो। 

जय  गीत जय   संगीत ....