https://www.youtube.com/embed/jlzpGoyIS0Y

​​मेरो डान्स कप USA 2017 सिजन-२ को इपिसोड २ को भिडियो सार्बजनिक

Hollywood Khabar May 05,2017 Comments

विजय थापा,वाशिंगटन डिसी

मेरो डान्स कप युएसए २०१७’ सिजन-२ को ईपिसोड़ (कथाभाग) २ को भिडियो सार्बजनिक भएको छ। प्रतिस्प्रद्धि मध्ये १५ जना बाहिरिएका छन्। एमडिसी नामबाट लोकप्रिय रहेको चर्चित कार्यक्रम अप्रिल २८ देखि प्रारम्भ भएको हो l 

शृंखला ६ देखि मतदान र प्रत्यक्ष चयन जुलाई ८ तारिख देखि हुनेछ । अप्रिल २८ देखि प्रारम्भ भई अन्तिम समापन (ग्रान्ड फिनाले) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने छ।

जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनोट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाँचौ स्थानसम्म विजेताको घोषणा गरिने छ। एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताको लागि निर्णायकहरूमा नेपाली चलचित्रका नायक दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहने छन्।

अमेरिका राष्ट्रभर विभिन्न राज्यमा छरिएर रहेका किशोरकिशोरी, युवायुवती, नव प्रतिभा तथा कलाकारका आफूभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै मञ्च उपलब्ध गराउनु समेत संस्थाको मुख्य उद्देश्य रहेको छ।