-मेन्टल हेल्थ एण्ड सुसाइड प्रिभेन्शन संबन्धि कार्यशाला गोष्ठि

मेन्टल हेल्थ एण्ड सुसाइड प्रिभेन्शन संबन्धि कार्यशाला गोष्ठि हुँदै, दर्ता खुलेको छ

Hollywood Khabar April 13,2019 Comments

प्रतिक पाण्डे/सान होजे/क्यालिफोर्निया/४/१४/१९

बिगत केहि महिनामा सन्निभेल वरपर बस्ने युवाहरुको आत्महत्याको घटना हामी सबैले सुनेकै हो, यसबाट तपाई हामी सबै जना मर्माहत भएका थियौं। त्यसलाई मध्यनजर गर्दै तत्कालै Santa Clara County र Bill Wilson Center को आयोजनामा February 23, 2019 मा तत्कालिन दिवंगतका नजिकका २० जना साथीहरुलाई पहिलो चरणको Grieving Session आयोजना गरेका थियौं।

सोहि कार्यक्रममा उपस्थित सहभागीहरुले अरु थप workshop को आवस्यकता भएको जनाएको र सो को निरन्तरता दिन फेरी Santa Clara County को आयोजना तथा City of Sunnyvale को सह-आयोजनामा Palo Alto University का विशेषज्ञहरुको टोलीले नेपाली समुदायलाइ लक्षित पारि एक दिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ। सो कार्यशाला गोष्ठी समानन्तर सत्रमा चलाइने छ। जसमा १६ देखि २५ बर्षहरुका निमित्त एउटा सत्र र अभिभावकहरुको लागि छुट्टै सत्र संचालन हुने छ जसमा निम्न बिषय बस्तुहरु समेटिने छन:

1. Introduction/overview of mental health (Mental Health 101)

2. Introduction to suicide prevention (Suicide Prevention 101)

यो दुइवटै सत्रको समापन पछि अभिभावकहरु र १६-२५ का युवाहरुलाई संयुक्त सत्रमा राखेर सिखाईको निचोड निकाल्दै कार्यक्रम समापन गर्ने योजना छ।

प्रत्येक सत्रको लागि हामीसँग ३० सिट मात्र छ, अर्थात ३० युवाहरु र ३० अभिभावकहरु।

यदि कार्यक्रममा इच्छुक हुनुहुन्छ भने, कृपया आफ्नो स्थान शुरक्षित गर्नु होस्। अभिभावकहरुको सत्रमा अंग्रेजी-नेपाली दोभाषेको व्यवस्था छ र कार्यशालाको मध्यमा सम्पूर्ण सहभागीहरुको लागि घरमा बनेको नेपाली खानाको समेत व्यवस्था छ।

Date: Saturday, May 4, 2019

Time: 9:30 am – 3:00 pm

Lunch: 12:30 pm - 1:30 pm

Venue: Sunnyvale Senior Center

550 E. Remington Dr.

Sunnyvale, CA 94087

१६ देखि २५ का युवाहरुले नाम दर्ता गर्न - https://bit.ly/2G1Wl0J

अभिभावकहरुले नाम दर्ता गर्न - https://bit.ly/2UlqYHw

थप विवरण वा कुनै प्रश्नको लागि:

Sunil Thapa (408) 718-3296

Pratik Pande (408) 242-8704