-प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा

मिडिया काउन्सील सम्बन्धी विधेयक पास हुनै दिन्नौ-सभापति देउवा

Hollywood Khabar May 17,2019 Comments

४ जेठ, विराटनगर ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको मिडिया काउन्सीलसम्बन्धी विधेयक नेपाली कांग्रेसले पास गर्न नदिने बताएका छन्।शनिवार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले नेपालको संविधानलेनै प्रेस स्वतन्त्रतालाई सुरक्षित गरेको अवस्थामा वर्तमान सरकारले कानुन ल्याएर प्रेसलाई नियन्त्रण गर्न खोजेको भन्दै कुनैपनि हालतमा सदनबाट उक्त बिधयक पास हुन नदिने बताएका हुन्।सभापति देउवाले केहि पत्रकार जे पाए त्यही समाचार लेख्दा आफैं सकिएको बताए ।