तस्बिर साभार वेब

एमसीसी परियोजनाको सम्झौता तत्कालिन नेपाली काङ्ग्रेस र माओवादीको सरकारले गरेको परराष्ट्रमन्त्री ज्ञावलीको खुलासा

Hollywood Khabar January 14,2020 Comments

२ माघ बुटवल। परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले एमसीसी परियोजनाको सम्झौता तत्कालिन नेपाली काङ्ग्रेस र माओवादीको सरकारले गरेको बताएका छन्।मंगलवार देखि गुल्मीमा दोश्रो रुरु महोत्सव तथा रिडी माघेसक्रान्ति मेलाको समुद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो आरोप लगाएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘खाली नकरात्मक भ्रम छरेर सकरात्मक कुरालाई ओझेलमा पार्दै जनतालाई निराश पार्ने काम भएको छ। हिजो मुलुक कस्तो थियो?विधिको शासन थिएन।जसको शक्ति उसैको भक्ति भने झैं थियो।भ्रष्ट टाँकचोरहरुको राज थियो।अहिलेको सरकार तीब्र विकासको गतिमा अगाडि बढेपनि प्रतिपक्षले नकरात्मक रुपमा जनतामा भ्रम छरेको आरोप लगाएका छन्।त्यस्ता भ्रष्टहरुलाई अहिलेको सरकारले खोजी–खोजी जेलको चिसो खुवाउँदै आएको छ उनले भने।पछिल्लोपटक अमेरिकासँग गरिएको एमसीसी सम्झौतालाई अनावश्यक विवाद र बहसमा ल्याइए को बताउँदै उनले भने,‘हामीले विकास सहायतालाई बन्दुकसँग जोडेर हेर्दैनौ।असंलग्न सिद्धान्त प्रति अहिलेको सरकार कटिबद्ध छ।पहिलो कुरा यो सम्झौताको प्रयास गरेकै ८ वर्ष भयो।’यो सम्झौता ३ वर्षअघि नेपाली काँग्रेस र तत्कालीन माओवादीको सरकार छँदा भएको समेत उनले स्पष्ट पारे।

उनले भने, ‘जुनसुकै ओहदाको होस, चाहे सम्मानीय होस् वा माननीय होस्, हामीले गल्ती गर्ने कसैलाई छाडेका छैनौं।धमाधम भ्रष्टहरु कार्वाहीमा पर्न थालेका छन्। कोही अत्तालिएर बेहाल छ।हामीले भ्रष्टचारीहरुलाई अरिङ्गालको गोलो पोलेझैं आगो झोस्न थालेका छौं।’ मन्त्री ज्ञवालीले भने,‘अहिले हामीले यो सम्झौता संसदमा पेश गरेका छौं।

यसबाट हामीले देशको विकास गर्न चाहन्छौं ताकि सैन्य सम्बन्ध केवल भ्रम हो।’ उनले अहिलेको सरकार राष्ट्रियताका पक्षमा दृढतापूर्वक उभिएको दावीसमेत गरे। उनले भने,‘पछिल्लो अर्को मुद्धामा भारतले कालापानी लगायतको नेपाली भूमी आफ्नो नक्सामा पारेको विरुद्ध पनि सरकार दृढतापूर्वक उभिएको छ।‘कालापानी लगायतको सीमा विवादबारे भारतसँग पत्रचार गर्यौं ।उसले पनि कुटनैतिक तौरबाट विवाद समधान गर्न तयार भएको पत्र पठाएको छ।’ज्ञवालीले अबको ११ वर्षपछि मध्यम आय भएको मुलुकको सूचीमा नेपाललाई पुर्या’उने समेत बताए।