https://www.youtube.com/embed/Pro9-tNIKRM

-माया पुनको नेपालकी छोरी नेपालकी छोरीमा केकी अधिकारीको धमाकेदार प्रस्तुती

माया पुनको नेपालकी छोरी नेपालकी छोरीमा केकी अधिकारीको धमाकेदार प्रस्तुती

Hollywood Khabar April 05,2020 Comments

माया पुनको आवाजमा नयाँ गीत नेपालकी छोरी सार्वजनिक भएको छ। बिशेषत पुनहिलको परिचय झल्कने शब्द र संगीत रहको उक्त गीतमा नायीका केकी अधिकारीको अभिनय रहेको छ। उनलाई अनिल अधिकारी र सुमिन गुरुङले साथ दिएका छन्। जंगबहादुर पुनको शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीत ड्रिम्स स्टुडियोले तयार पारेको हो। पोखराको बिभिन्न रमणिय स्थलमा छायंकन गरिएको गीतले राष्ट्रिय भाव प्रस्तुत गरेको छ।

शब्द रचना गर्ने जंगबहादुर पुनका अनुसार पर्यटकीय स्थल पुनहिलको परिचय दिने खालका शब्द र भिडियो पनि त्यही अनुसार निर्माण गरिएको बताए। भिडियोमा सरोज अधिकारीको छायंकन, टेकेन्द्र शाहको रंग संयोजन, प्रिती गुरुङको नृत्य निर्देशन रहको गीतको निर्देशक तथा सम्पादक सुवास अम्गाई रहेका छन्। साथी क्रियशनले भिडियो निर्माण गरेका छन्।