मायाँकाे महत्व

Hollywood Khabar August 04,2017 Comments

मायाँकाे डाेरी चुँडियाे भने
जाेडिन साह्रै गाह्राे हुन्छ ।
कथमकदाचित जाेडिए पनि
सबैले देख्ने गाँठाे पर्छ ।।

दाेस नलगाउ मायाँलाई
आफ्नाे कमजाेरी ढाकछाेप गर्न ।
मायाँ विना चल्दैन संसार
मायाँ नै हाे जीवनकाे आधार ।।

मायाँ आफैंमा पवित्र हुन्छ
उस्काे परीक्षा गर्नु पर्दैन ।
जस्ले मायाँकाे महत्व बुझदैन
उस्काे जीवन सफल हुँदैन ।
              त्यसैले
जतन गर सुरक्षित राख
जनम,जनमकाे नाशाे हाे याे ।
नजर नलागाेस् खियाले नखाअाेस् 
मायाँले मुटु भित्र बास पाअाेस ।।
-ओमकार शर्मा चितवन (हाल न्यु दिल्ली )