-Memorial Day Flag-(Picture from google-labeled for reuse)

मे महिनाको अन्तिम सोमबार, अमेरिकी मेमोरियल डे

Hollywood Khabar May 26,2019 Comments

 

कृष्ण के सी/अमेरिका/५/२७/१९

अमेरिकाको लागि बलिदान भएका सैनिकहरुको सम्झनामा गर्ने बिशेष दिनलाइ मेमोरियल डे भनेर मनाइने गरिन्छ।

मे महिनाको अन्तिम सोमबार मनाइने मेमोरियल डे सरकारी बिदाको दिन हो। यो दिन पहिलो पटक ३० मे १८६८ देखि १९७१ देखि सुरु भएको हो। यो बर्षको मेमोरियल डे भने २७ मे २०१९ का दिन परेको छ।

खासगरी Civil War को बेला सहादत प्राप्त गर्ने व्यक्तिहरुको स्मरणमा सुरु गरिएको मेमोरियल डे को आफ्नै इतिहास र महत्व छ। Civil War को इतिहास र सहादतको छुट्टै पढाइ नै हुने अवस्थामा सानो सम्पादकीय खाले यो लेखमा कति अटाउला भन्ने कुरा एकातिर छ।

देशको लागि आफ्नो ज्यान गुमाउनेहरुको मूल्य र स्थान कति हुने त्यो कुनै पनि देशले ब्याख्या गर्न सक्दैन। हरेक देशले आफ्नै खाले तरिकाले यस्ता दिन मानाउने गर्छन। नेपालमा सहिद दिवस जस्तै अमेरिकाले यसलाई मेमोरियल डे भनेर वर्षको एक दिन छुट्याएको छ।

मेमोरियल डे को उपलक्षमा राष्ट्रपतिको संबोधन र विभिन्न ठाउमा बिशेष कार्यक्रमहरु पनि हुने गर्दछन। चर्च, चिहान लगायत ठाउँमा प्रार्थना गर्ने, युद्धमा सहादत प्राप्त सैनिकहरुका परिवार र आफन्तहरुले उनीहरुको मृत्त शरिर पुरेको ठाउँमा फुल चडाउने, प्रार्थना गर्ने समेत गरिन्छ। कतै कतै मेमोरियल डे परेड समेत देख्न सकिन्छ।  

लङ विकेण्ड पर्ने मेमोरियल डे विकेण्डमा सबैजसो अमेरिकीहरुको छुट्टीको प्लान हुन्छ। तर आजकल यो दिनबाट समरको आगमन सुरुहुने मानिएकाले धेरै पार्कहरुमा BBQ गरेर मनाउने पनि गरिएको छ।