माछामार्न गएका दुइ जनाको मृत्यु 

0
shares

by Soni Sharma | Updated: 13 Aug 2019

93 views
-सांकेतिक तस्विर

२९ साउन, काठमाडौं।स्याङ्जामा माछामार्न गएका दुइ जनाको मृत्यु भएको छ।चापाकोट नगरपालिकामा माछा मार्ने क्रममा जालमा बेरिएर मृत्यु हुनेमा वडा नम्बर ५ का ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय नीरबहादुर आले छन्।ज्याग्दी खोलामा माछा मार्न गएका उनीहरूको जालमा बेरिएर सोमबार साँझ मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बताए।