https://www.youtube.com/embed/YjFFoO8fs2I

मौसम र जुना गुरूङको बियोगान्त प्रेम कथा सुनाउँदै कालीका रोका

Hollywood Khabar June 03,2018 Comments

उदियमान लोक गायक मौसम गुरूङको जीवन्त अभिनय रहेको बियोगान्त प्रेम कथामा आधारीत लोक दोहोरी गीति भिडियो शितल शिजन डिजिटलबाट बजारमा आएको छ। गायन तथा अभिनयमा पनि त्यत्तिकै दख्खल दिन सक्ने मौसम गुरूङ र जुना गुरूङको जीबन्त अभिनय रहेको यस गीतमा चोखो माया गर्दा गर्दै पनि बिभिन्न सामाजिक रिती रिवाजका कारण मायालु जोडीलाई एक हुन नदिए पछि आत्महत्याको बाटो अंगाल्न बाध्य  कैयौं मायालु जोडिहरूको कथालाई उत्कृष्ट तवरले यस म्यूजिक भिडियोमा उतारिएको छ।

चन्द्र खत्रीको लय/शब्दमा कालिका रोका र ईश्वर सिंको सुमधुर आवाज रहेको चन्द्र खत्रीको बियोगान्त प्रेम कथामा आधारित मार्मिक यो लोक दोहोरी गीतमा प्रकाश भट्टको निर्देशन, राजेश घिमिरेको छायाँकन रहेको छ। म्यूजिक भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन।