मौसम प्रतिकुलताका कारण राष्ट्रियसभा अध्यक्ष तिमल्सिना चढेको हेलिकप्टर आकस्मिक अवतरण

0
shares

by Soni Sharma | Updated: 16 Aug 2019

81 views
तस्बिर साभार वेब

३१ साउन रुकुमपूर्व ।मौसम प्रतिकूलताका कारण राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको हेलिकप्टर रुकुमपूर्वमा अवतरण गरिएको छ।बाग्लुङको ढोरपाटन आएका उनी पोखरा जाने क्रममा मौसममा आएको प्रतिकूलताका कारण हेलिकप्टर अवतरण गरिएको हो।आकस्मिक अवतरण गर्न सफल भएकाले कुनै दुर्घटना भने हुन नपाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मौसममा आएको प्रतिकूलताका कारण हेलिकप्टर भूमे गाउँपालिका–६ महतको आधारभूत विद्यालय रिसालचौरको प्राङ्गणमा अवतरण गरिएको प्रहरीले जनाएको छ ।