-प्रधानमन्त्री केपी शर्मा ओली

चाडपर्वको मौलिकता जोगाउन प्रधानमन्त्री ओलीको आह्वान

Hollywood Khabar April 13,2019 Comments

२वैशाख, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वको मौलिकतालाई जोगाउँदै मितव्ययी ढंगले मनाउन आह्वान गरेका छन् ।सिरुवा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाली मौलिक चाडपर्वलाई मितव्ययी ढंगले मनाउनुपर्ने बताएका हुन् ।सिरुवा पर्व पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझी लगायतका जातजातीहरुले नयाँ वर्षको रुपमा तीन दिनसम्म मनाउने चलन छ।

नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते आपसमा पानी छ्यापाछ्याप गरेर ‘पानी सिरुवा’ मनाइन्छ भने दोस्रो दिन हिलो छ्यापेर ‘कादो सिरुवा’ मनाउने गरिन्छ । तेस्रो दिनआपसमा रंग दलेर ‘रंग सिरुवा’ मनाउने गरिन्छ । यी तीन दिनमध्ये दोस्रो अर्थात ‘कादो सिरुवा’ लोकप्रिय मानिन्छ ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘नेपालीहरुलाई विविधताभित्र एकतामा बाँध्ने एउटा महत्वपूर्ण सूत्र यस्तै चाडपर्वहरु पनि हुन् । हामीले यस प्रकारका चाडपर्वको मौलिकतालाई जोगाउँदै मितव्ययी ढंगले मनाउनु पर्दछ ।प्रधानमन्त्री ओलीले सिरुवा पर्व मनाउने समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।