मासु खाएमा ५० हजार जरिवाना !

0
shares

by Soni Sharma | Updated: 18 May 2019

212 views
- मासु

५ जेठ, काठमाडौं ।गोरखाको एउटा वडाले मासु खाएमा ५० हजार जरिवाना गर्ने नियम बनाएको छ।गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ४ ले पशुपंक्षी काटमार गरेमा वा मासु खाएमा ५० हजार जरिवाना गर्ने नियम बनाएको हो।उक्त वडामा पशुपंक्षी किनेमा पनि ५० हजार जरिवानाको कारबाही भोग्नुपर्ने चुमनुब्री गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष पेमा डुन्डुप लामाले बताए।लामाले वडाभित्र पशुपंक्षी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिवाना गर्ने नियम बनाएको बताए।वडाध्यक्ष लामाले काटमार गरेको घटनाको सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको बताए।