तस्बिर साभार:सामाजिक सञ्जाल

मास्क नलागाएको भन्दै भारतको जोधपुरमा पनि‘जर्ज फ्लोइड’ जस्तै घटना

Hollywood Khabar June 04,2020 Comments

२४ जेठ काठमाण्डौं।भारतको जोधपुरबाट सार्वजनिक भएको एक भिडियोले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ।यो भिडियोमा मास्क नलगाएको भन्दै एक प्रहरीले एक व्यक्तिको गर्दन (घाँटी) घुँडाले थिचिरहेको देखिन्छ।सामाजिक सञ्जालमा मानिसहरुले यसलाई भारतको ‘जर्ज फ्लोइड’ हमलाको संज्ञा दिएका छन् । यो भिडियो सार्वजनिक भएपछि जोधपुर प्रहरीको चर्को आलोचना भइरहेको छ।

मुकेश कुमार प्रजापत नाम गरेका व्यक्ति मास्क नलगाएर घरबाहिर निस्केका थिए।तर जोधपुर (वेस्ट) का डीसीपी प्रीति चंद्राको भनाई छ कि प्रहरीले आत्मरक्षाका लागि यो कदम उठाएको हो।उनले भने, ‘ती व्यक्ति मास्क नलगाएर सडकमा निस्केका थिए । प्रहरीले जब उनलाई यसबारेमा सोधपुछ गरे उनले एक्कासी आफ्नो खल्तीबाट मास्क निकाले र धम्की दिन थाले । त्यसपछि सडकमा खटिएका प्रहरीले जिप मगाए तर जिप आउनु भन्दा अघि नै ती व्यक्तिले प्रहरीलाई थप्पड र मुक्काले प्रहार गरे । त्यसपछि प्रहरीले आत्मरक्षाका लागि यो कदम उठाउनु परेको हो ।’केही दिनअघि अमेरिकामा यस्तै घटना सार्वजनिक भएको थियो । । त्यहाँ प्रहरीले एक अस्वेत नागरिकको गर्दन थिचेर हत्या गरेका थिए ।यो घटनापछि अमेरिकाभर प्रदर्शन भइरहेको छ।
श्रोत इण्डियन एक्सप्रेस