-तस्बिर वेब

मर्यादाक्रम अझैपनि असुन्तुष्टी कायमै

Hollywood Khabar December 10,2018 Comments

२६ मंसीर काठमाडौं।सरकारले विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादा क्रम तोकेको पनि झण्डै एक बर्ष पुरा हुन लागेको छ।सरकारले तोकेको उक्त मर्यादाक्रमप्रति अझै असन्तुष्टिहरु आईरहेका छन्।यसरी असन्तुष्टि जनाउनेमा कर्मचारीका नेतादेखि गाउँपालिकाका उपाध्यक्षसम्म रहेका छन्।

निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाललाई यो मर्यादाक्रमप्रति चित्त बुझेकै छैन।यसमा पुनरावोलकन हुनुपर्ने उहाँको माग छ।

संघीय र प्रदेश सरकारमा कार्यरत कर्मचारीबीच विभेद हुँदा अवहेलना भएको अध्यक्ष ढकाललको निष्कर्ष छ । ८६ हजार कर्मचारीको नेतृत्व गरेको आधिकारिक ट्रेड युनियनको अध्यक्षको मर्यादाक्रम सरकारको सचिवसरह हुनुपर्ने उनको दाबी छ।