कृष्ण के सी/अमेरिका
उज्यालो भएकै थिएन गोपाल कंडेलजीको म्यासेज आयो। यसो फोन तानेर हेरेको त एउटा यूट्यूब लिंक थियो, मरुभूमीको गोर्खे। गोपालजीले हेरेर सजेस्ट गर्न भन्नुभयो। मैले अलिकति मूभीबारे थप जानकारी दिन अनुरोध गरे।
लेख्नको लागि थोरै त हेर्ने पर्ने भयो, काम मा जान ढिला भैसकेको थिय। तर पनि अलि-अलि गर्दै सरसर्ती रुपमा मूभी हेरे। कंडेलजीको यो प्रयासले खाडीका नेपाली कामदारहरु मध्ये एउटा पक्षको यथार्थता दिने प्रयास गरेको छ। नेपालमा राजनैतिक पक्षले बताएको जस्तो रेमिट्यान्सको खोका गन्दै बस्नेलाई कमाउन कति कठिन छ त्यो भन्दा पनि जीउन झन् कठिन छ भन्ने जवाफ पक्कै दिएको छ। हरेकको हेर्ने दृष्टिकोण फरक हुन्छन तर पनि मैले जे बुझें तेही लेखे हलिउड खबरको लागि पोस्ट गर्न।
शर्ट मूभी अर्थात लघुचित्र लेखन तथा निर्देशनको पहिलो अनुभव बटुलेका गोपाल कंडेलजीको कथा र निर्देशनमा बनेको यो शर्ट मूभीले एउटा वृतान्त त पक्कै दिएको छ। मरुभुमीको गोर्खेमा पटकथा सन्ध्या सुस्केरा, छायाङ्कन र सम्पादन देब कुमार श्रेष्ठको रहेको छ।
शर्ट मूभीलाइ राज थापा, बलराम कुइकेल, निर्मल सुनार, श्रीराम घिमिरे, बिनोद घिमिरे, सविन आले लगायतले कलालाई जीवन्तता दिएन प्रयास गरेका छन्। त्यसैगरी कथाको मोड मिलाउन रतिस मोहन, मैनुद्दिन, आर्शी खान, बालाजीको प्रवेस पनि सान्दर्भिक नै छ।सारांसमा भन्नु पर्दा यसलाई निर्माण पक्ष भन्दा पनि कथाको पक्षले हेर्नुपर्छ भन्ने मेरो ठहर छ र पहिलो प्रयास नै एउटा गतिलो चोट हान्न सफल भएको छ।
https://www.youtube.com/embed/wwZ0wgan_Jk
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...