मरिससका राजदूतद्धारा बाल्टिमोर पशुपतिनाथ मन्दिरको उद्घाटन

Hollywood Khabar June 17,2018 Comments

विजय थापा/वाशिंगटन डिसी
बाल्टिमोर स्थित पशुपतिनाथ मन्दिरको विधिवत उदघाटन गत जुन १७ का दिन अमेरिकाको लागि मरिससका राजदूत सुरज फोकिरको प्रमुख आतिथ्यमा भव्यताको साथ सम्पन्न भएको छ।

गत जुन १७ तारिख दिन देखि सर्वसाधारणका लागि पशुपतिनाथको दर्शनको लागि खुला गरिएको छ । मरिससका राजदुतले औपचारिक कार्यक्रम प्रारम्भ हुनु अगाडी देखि नै पूजा पाठमा सहभागी भै प्राण प्रतिष्ठामा समेत सहभागिता जनाएका थिए ।

साथै महा बाणिज्य दुत प्रेम राजा महत ,डा बिशाल भण्डारी ,मन्दिरका सभापति श्रीवास दास ,उपसभापति विश्वराज गौतम ,बानाका अध्यक्ष अनु श्रेष्ठ वन्त  ,बानाका पूर्व अध्यक्ष ,मन्दिर विकास समितिका सभापति श्रीकान्त नायक ,प्रवासी नेपाली मंच अमेरिकाका सभापति प्रभु थापा ,मन्दिर कोष वृद्धि कि संयोजक कल्पना अधिकारी लगायत बाल्टिमोर क्षेत्रका नेपाली समुदायको उपस्थितिमा पुष्प ,जल ,दुध चदाउदै सबै बिधि अनुसार शिव लिङ्गको अनावरण गरिएको थियो ।

गत जुन १० तारिख देखि १६ तारिख सम्म सप्ताहब्यापी श्रीमद भागवत महापुराण लगाईएको थियो । गत जुन १० तारिखबाट सुरु भएको महापुराण कथा नेपाल बाट आउनु भएका नेपाली कथा वाचक पण्डित सूर्य मोहन आचार्य तथा पण्डित भिमराज कोइरालाले वाचन गरेका थिए ।

नेपालको पशुपतिनाथ मन्दिरको जस्तै दुरुस्त जस्ताको त्यस्तै (रेप्लिका ) भएको शिव लिङ्क मूर्ति  जुन विश्व मै हिन्दु मन्दिरमा नेपालको पशुपतिनाथ बाहेक दोश्रो बाल्टिमोरमा रहेको छ । काठमाडौँको पशुपतिनाथ मन्दिरमा जुन बिधि अनुसार पूजा अर्चना हुन्छ सत प्रतिसत बाल्टिमोरको पशुपतिनाथमा पनि त्यहि प्रकृयाबाट नित्य पूजा अर्चना हुनेछ ।

उक्त पशुपतिनाथ मन्दिरमा शिव लिङ्ग ,गणेश को मुर्ति तथा शिव पार्वती लगायत प्रतिमाहरु स्थापना गरि सकिएको छ । गत जुन १७ का दिन भएको समुद्घाटन समारोहको संयोजकमा डा बिशाल भण्डारी रहेका थिए । यसै गरि गत जुन १० देखि १६ सम्म हुने सप्ताह महापुराणको लागि श्री राधा गोविन्द पशुपतिनाथका मन्दिरका संचालक समितिका सभापति श्रीवास दास संयोजक रहेका थिए ।

उद्घाटन कार्यक्रमको सभापतित्व श्री राधा गोविन्द पशुपतिनाथका मन्दिरका संचालक समितिका सभापति श्रीवास दासले गरेका थिए । मन्दिर सर्वसाधारणको लागि खुला गरिए पछि औपचारिक कार्यक्रममा अमेरिकाका लागि मरिससका राजदुत सुरज फोकिर, महा बाणिज्य दुत प्रेम राजा महत, बानाका अध्यक्ष अनु श्रेष्ठ वन्त, बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ, बानाका पूर्व अध्यक्ष कुलमणि आचार्य, विश्वराज गौतम, श्रीकान्त नायक, पण्डित द्वय सूर्य मोहन आचार्य, पण्डित भिमराज कोइराला ,अभियन्ता मंगल महर्जन, पूर्व संसद राम कृष्ण घिमिरे लगायत सवैले पशुपतिनाथको बारेमा मन्तब्य राख्दै हर्ष व्यक्त गरेका केहि कुराहरु राखेका थिए ।

सप्ताहब्यापी श्रीमद् भागवत लगायत अन्य कार्यमा अहोरात्र खट्नु हुनेहरुमा महा बाणिज्य दुत प्रेम राजा महत, बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ, प्रवासी मंच अमेरिकाका सभापति प्रभु थापा, पशुपतिनाथ मन्दिर कोष वृद्धि कि संयोजक कल्पना अधिकारी, बानाकि अध्यक्ष अनु श्रेष्ठ वन्त ,डा बिशाल भण्डारी, विश्वराज गौतम लगायतले आर्थिक सहयोग समेत गरेका छन्।

महाबाणिज्यदूत प्रेम राजा महतले प्रमुख अतिथि सुरज फोकिरलाई स्वागत गरेका थिए भने बानाकि अध्यक्ष अनु श्रेष्ठ वन्तले खुलेआम सबैलाई एक पटक नेपालको जस्तै पशुपतिनाथको दर्शन गर्न आउन आग्रह गरेकी थिइन्। श्री राधा गोविन्द पशुपतिनाथका मन्दिरका संचालक समितिका सभापति श्रीवास दासले विश्वराज गौतमले गरेको अतुलनिय सहयोगलाई मुक्त कण्ठले प्रशंसा गर्दै कसरि नेपालमा रहेको पशुपति नाथ को जस्तै मुर्ति भारतमा गएर ल्याएको कथा सुनाएका थिए। बिशेष मन्दिरलाई सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो।