-COVID-19 आउटब्रेक:अमेरिकामा १३०० भन्दा धेरैको मृत्यू ८५९९६ सक्रमित

COVID-19 आउटब्रेक:अमेरिकामा १३०० भन्दा धेरैको मृत्यू ८५९९६ सक्रमित

Hollywood Khabar March 26,2020 Comments

कृष्ण के सी/अमेरिका/३/२७/२०

आज मार्च २७, २०२० शुक्रबार बिहान प्यासिफिक समय ६:३० बजे सम्म Coronavirus (COVID-19) बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १३०० भन्दा धेरै पुगेको छ। त्यसैगरी संक्रमित हुनेहरु ८५९९६ जना पुगेका छन्। विश्वमा संक्रमित संख्या यो नै हाल सम्मको सबैभन्दा धेरै हो।

विश्वो स्वास्थ्य संघ भन्छ, विश्वमा हालसम्म ५४२,७८८ जना संक्रमित भएका छन् भने २४,३६१ जनाले ज्यान गुमाएका छन्। उसो त १२४, ३५१ जनाले स्वास्थ्य लाभ पनि पाएका छन्। बेलायतका राजकुमारपछि हाल प्रधानमन्त्री बोरिस जोशनसम्मलाइ कोरोना पोजेटिभ रिजल्ट आएको कुरा बिबिसीले बताएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले आज फरक फरक समयमा सो बिषयमा ५० स्टेटकै गभर्नर र टप अधिकारीहरुसंग छुट्टा-छुट्टै कन्फ्रेन्सकल गर्ने भएका छन्। उनल हिजो सम्पूर्ण काउण्टीहरुलाई संक्रमणको आधारमा क्याटगोराइज गर्न निर्देशन दिएका छन्।