-नेकपा माओवादी केन्द्रले आन्तरिक संगठन समावेसी रुपमा गठन गर्ने

नेकपा माओवादी केन्द्रले आन्तरिक संगठन समावेसी रुपमा गठन गर्ने

Hollywood Khabar April 28,2021 Comments

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको पार्टी बैठकले अब पार्टीको आन्तरिक संगठन समावेसी रुपमा गठन गर्ने निर्णय गरेको जनाएको छ। हरेक तहमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र २० प्रतिशत युवा हुनु पर्ने प्राबधान राखिएको छ।

अप्रिल २७ मंगलबार बसेको नेकपा माओवादी स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो। बैठकले अब बन्ने केन्द्रीय समितिलाई पनि समावेशी बनाउन अध्यक्ष पुष्पकमल दाहालले गरेको प्रस्तावलाइ केन्द्रीय समितिको बैठकमा पेस गर्ने गरी पास गरिएको जनाइएको छ।