-माओबादीले एमाले ओलितिर गएका सांसदलाई पदमुक्त गर्न थाल्यो

माओबादीले एमाले ओलितिर गएका सांसदलाई पदमुक्त गर्न थाल्यो

Hollywood Khabar April 03,2021 Comments

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी एकता केन्द्रले नेकपा एमाले तिर गएका सभासदहरुलाई पदमुक्त गर्न थालेको छ।

सुरुवातमा नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई पदमुक्त गर्न प्रदेशसभालाई पत्राचार गरेको छ। दैलेख निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित रेग्मी सर्वोच्च अदालतको निर्णयपछि माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका थिए। उनले माओवादी केन्द्रले पठाएको स्पष्टीकरणको समेत जवाफ दिएका थिएनन्।