-मन्त्रिपरिषदको निर्णयले नेपाल प्रवेशपूर्व थप प्राबधान

मन्त्रिपरिषदको निर्णयले नेपाल प्रवेशपूर्व थप प्राबधान

Hollywood Khabar April 27,2021 Comments

नेपाल सरकार मन्त्रीपरिषदको अप्रिल २७, २०२१ सोमबार बसेको बैठकले बिदेशबाट नेपाल प्रवेश गर्नेहरुलाई कोरोना संबन्धि थप प्राबधान राखेको छ।

  • सरकारले विदेशबाट स्थल या हावाइबाट नेपाल प्रवेश गर्न भारत र चीनतर्फका नाकाबाट प्रवेशका लागि ७२ घण्टाभित्र गरिएको नेगेटिभ पीसीआर रिपोर्ट
  • क्वारेन्टाइनमा बस्न १० दिनका लागि होटल बुक गरिएको प्रमाण र त्यसका आधारमा स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने छ।
  • भारतीय सीमा नाकाका ८ वटा र उपत्यका प्रवेश गर्ने नाकामा प्रत्येकमा १ हजार क्षमताका होल्डिङ सेन्टर निर्माणको जिम्मा
  • भारतबाट हवाईमार्ग हुँदै नेपाल ओर्लिएर तेस्रो मुलुक जान पनि विदेशीलाई रोक
  • भारतबाट आएका जहाजलाई ट्रान्जिटका रूपमा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु नओराली त्यहींबाट तेस्रो मुलुक जान दिइने