-मुख्यमन्त्रि राई प्रमुख अतिथि हुने एएनए सम्मेलन

मुख्यमन्त्रि राई प्रमुख अतिथि हुने एएनए सम्मेलनमा सहभागी हुन वरिष्ठ उपाध्यक्षको आग्रह

Hollywood Khabar July 02,2019 Comments

आगामी जुलाई ५ देखि ७ सम्म बाल्टिमोरमा हुने नेपाली राष्ट्रिय सम्मेलनमा डिसी महानगर, अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने तथा सबै नेपाली समुदायलाई सहभागी हुन् एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीको आग्रह गर्नु भएको छ ।

अधिकारी नेपाली राष्ट्रिय सम्मेलनको जनसम्पर्क अधिकारी तथा प्रवक्ता समेत रहनु भएको छ । अधिकारीले यस पटक ४ वटा संस्थाहरु मिलेर आयोजक तथा ८ वटा अन्य संस्थाहरु सह आयोजक भएकोले सम्मेलन निकै उत्साहजनक हुने आफुलाई लागेको बताउनु भएको छ ।

बिश्व ब्यापी रुपमा टुक्रने र विभाजित हुने अवस्थामा हामी एक जुट भएर एकै छत मुनि सबै संग हातेमालो गर्दै आयोजना गरिने दोश्रो नेपाली राष्ट्रिय सम्मेलन अपार सफलता हुने कुरामा आफू बिश्वस्त रहेको बताउनु भयो ।

नेपालबाट प्रमुख अतिथिको रुपमा प्रदेश नं १ माननीय मुख्य मन्त्रि शेरधन राई ,नेपाली कांग्रेसका नेता एबम पूर्व मन्त्री दिपक गिरि तथा नेपाल कम्युनिस्ट पार्टीका नेता ठाकुर गैरे लगायतको उपस्थिति हुने जनाउनु भएको छ ।

लगायत अन्य नेताहरुको समेतको सहभागिताले सम्मेलनमा आयाम थप्ने बताउनु भयो । वहाले एएनएका ट्रष्टी सभापति प्रा डा अम्बिका अधिकारी(विद्यावारिधि )ले नेपालको विकासको लागि कार्यपत्र डायसपोराको भूमिका सम्बन्धि प्रस्तुत हुने निकै महत्वपूर्ण हुने बताउनु भयो ।

सम्मेलमा गोष्ठी ,सांस्कृतिक कार्यक्रम ,प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुति हुने भएकोले सबै मिलेर यस सम्मेलनलाई सफलता बनाउन सबैलाई यसै माध्यमबाट बिशेष निमन्त्रणा दिनु भएको छ ।

हाम्रो आफ्नै कार्यक्रम भएकोले सबैको सहयोग र सद्भावको खाचो भएको बताउनु भयो । वहाले नेपाल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले पनि आउने हुनाले वहा जस्ताको कुरा सुन्नु पर्ने बताउनु भयो । एरिजोनाबाट आदरणीय अम्बिका अधिकारी पनि जुलाई ३ मै आउने भएकोले वहाका कुरा सुन्न पाउँदा हामी सबैलाई खुशी लागेको बताउनु भयो ।