मन्त्रीको नाम टुंगो लगाउन नेकपाको बैठक बस्यो

0
shares

by Soni Sharma | Updated: 19 Nov 2019

90 views
-तस्बिर साभार वेब

४ मंसिर, काठमाडौं ।पुनर्गठित मन्त्रिपरिषदमा रहने सदस्यहरुको टुंगो लगाउन नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  बसिरहेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आजै  मन्त्रिपरिषद हेरफेर गर्दैछन्।सचिवालय बैठकअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छुट्टै छलफल भएको छ।दुबै नेताले सचिवालय बैठकअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।