- आँशु पुछ्दै  सामाजिक विकासमन्त्री नरदेवी पुन

सागअन्तर्गत महिला फुटबल खेलमा नेपाल पराजित हुँदा मन्त्रि  रोइन् 

Hollywood Khabar December 08,2019 Comments

२४मंसिर ,पोखरा।१३औं सागअन्तर्गत महिला फुटबल खेलमा नेपाल पराजित हुँदा गण्डकी प्रदेशकी मन्त्रि रंगशालामै रोएकी छन्।  सोमबार पोखरा रङ्गशालामा भएको नेपाल र भारत महिला फुटबलमा भारतले नेपाल विरुद्ध दुई गोल गरेर स्वर्ण पदक आफ्नो पक्षमा पार्न सफल भएपछि  सामाजिक विकासमन्त्री नरदेवी पुन रोएकी हुन्।आयोजकले औपचारिक कार्यक्रमसँगै विजेता र उपविजेतालाई मेडल र ट्रफि प्रदान गर्नेक्रममा मन्त्री पुनले रुँदै नेपाली खेलाडीलाई मेडल वितरणगरेकी हुन् ।  
 
मन्त्री पुनले रुँदै नेपाली खेलाडी छोरीहरु निकै उत्साहपूर्ण खेल खेले, तर स्वर्ण जित्ने रहर पूरा भएन भन्दै नेपाली छोरीहरुको अनुहारमा देखिएको पराजित हुँदाको पीडाले  पीडाले आफु रोएको बताइन।मन्त्री पुनले नेपाली महिला फुटबल खेलाडीलाई  लगानी गर्न सके अन्तर्राष्ट्रिय जगतमा उनीहरुबाट नेपालको नाम थप उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताइन् ।