मङ्सिर १४ गते हुने उपनिर्वाचनमा कास्की –२ सहितका ५० पदका लागि ५५० मतदान केन्द्र कायम हुने

0
shares

by Soni Sharma | Updated: 20 Aug 2019

80 views
तस्बिर साभार वेब

०३ भदौं,कास्की।निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते कास्की– २ सहितका ५० पदका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ।आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र गाउँ पालिकाका अध्यक्ष तथा उपाध्यक्ष ४, नगरपालिका प्रमुख १ र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब ५ लाख मतदातालाई मतदान गर्ने अधिकार हुने बताईएको हो।

गत साउन १६ गते १८ वर्ष उमेर पुगेका तत् निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदानमा भाग लिन पाउनेछन्।करीब छ हजार ८०० जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको उक्त निर्वाचनका लागि आयोगले रु ४० करोड रकम प्रस्ताव गरी निकासाका लागि अर्थमन्त्रालयमा पत्रचार गरिसकेको छ।निर्वाचनको तयारीका लागि आयोग तीव्रताका साथ जुटिरहेको प्रवक्ता खरेलले बताए  ।