-Dr Badri KC, NRNA VP

नेपालीहरु घर फर्कन सुरु, म्यानमार सरकारले ल्याइदिने पहिलो लटमा २६ जना

Hollywood Khabar June 03,2020 Comments

धेरै लामो समयको प्रतिक्षा र कुराइ पछि बल्ल बिदेशमा अडकिएका नेपालीहरुको उद्दार जुन ५, २०२० देखि शुरु हुने भएको छ।

पहिलो उडान म्यानमारबाट हुनेछ भएको छ। म्यानमार सरकारको खर्चले सैनिक जहाजबाट २६ जना नेपालीहरु स्वदेश फर्कदैछन्। नेपाल पुगेर र उक्त जहाजले नेपालबाट म्यानमारका नागरिकहरुलाई फिर्ता लैजाने भएको छ।

नेपाली राज दुताबास म्यानमारका राजदूत महामहिम भीम उदासको पहलमा म्यानमारबाट नेपालीहरुलाई स्वदेश फिर्ता गर्ने कार्य सफल भएको हो। गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा बद्रि के सीले यो समन्वय गरिदिनु भएकोमा महामहिम उदालाई विशेष धन्यवाद ज्ञापन गर्नु भएको छ।

आप्रबासी नेपाली कामदारहरुको सबभन्दा धेरै जनघनत्व भएका मध्यपुर्बका देशहरु तथा मलेसियाबाट जुन ५, २०२० देखिनै स्वदेश फिर्ताको कार्यक्रम शुरु हुनेछ, डा के सीले उल्लेख गर्नुभएको छ। यसैबीच संयुक्त अरब इमिरेट्सका एयर अरबिया तथा फ्लाई दुबई कम्पनीले धेरै उडानहरु निशुल्क गर्ने प्रस्ताब गरेका छन्।

कुबेत सरकारकै खर्चमा कुबेतमा ३ हजार भन्दा बढी आम माफी पाएकाहरुको लागि बिशेष गरि घरेलु कामदार महिलाहरु नेपाल फर्कनलाई कुरी रहेका छन्। आउदो जुन ८ बाट उनीहरुको उद्दार शुरु हुने तैयारी भएको कुरा पनि उपाध्यक्ष के सीले जानकारी दिनुभएको छ।

आफन्तलाई भेटन गएका, भिजिट भिसामा रहेका, विद्यार्थीहरु लगायत थुप्रै अडकिएका नेपालीहरु अष्ट्रेलिया, युरोप तथा अमेरिकाबाट नेपाल फर्कने पालो कुर्नेहरु पनि धेरै छन्।

यसैबीच एनआरएनले स्वदेश फिर्ति प्रक्रियाका लागि नेपाल सरकार तथा नेपाली दुताबासहरुसंग नजिकबाट समन्वय गरि रहेको छ। हामी सधैं सुरक्षित र नियन्त्रित रुपमा स्वदेश फिर्ताको लागि पैरवी गरिरहेका छौं। यस कार्यक्रममा संयुक्त रुपमा समन्वय गर्न सबै पक्ष्यलाई आब्व्हन गर्दै सबैलाई अग्रिम धन्यवाद व्यक्त गर्न चाहन्छौं, उपाध्यक्ष डा के सीले व्यक्त गर्नुभएको छ।

नेपाल सरकारको मापदण्ड:

१.विदेशबाट उड्नु भन्दा अघि नै कोरोना संक्रमण नभएको प्रमाण पत्र पेश गर्नु पर्नेछ।

२.एयारपोर्टमा जांच गरेर १००.४ फरेनहाइट भन्दा बढी शारीरिक तापक्रम भएकालाई सिधै आइसोलेसन सेन्टरमा राख्नेछ।

३. बाँकी सबैलाई होल्डिङ सेन्टरमा जम्मा गरेर आबस्यक प्रक्रिया पुरा भएपछि जिल्ला स्तरीय क्वारेण्टिन केन्द्रमा पठाइन्छ।

४. सबैले आतंतुकले १४ दिन सम्म जिल्ला स्तरीय अथवा होटेलको क्वारेण्टिनमा बसेर कोरोना संक्रमण नभएको प्रमाण भयपछि मात्र घर जान पाउनेछन।

यो समाचार गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा बद्रि के सीको बेसबुक वालबाट साभार गरिएको हो।उपाध्यक्ष के सी, संघको बैदेशिक रोजगारी कार्यदलको समेत संयोजक हुनुहुन्छ।

जुन ४, २०२०