-मंगल तामाङ तीन बर्षको यात्रामा नै लायन्सको उच्च पदमा छलाङ मार्ने पहिलो नेपाली

मंगल तामाङ तीन बर्षको यात्रामा नै लायन्सको उच्च पदमा छलाङ मार्ने पहिलो नेपाली

Hollywood Khabar August 12,2019 Comments

कृष्ण के सी/अमेइका/८/१३/१९

अगष्ट १२, २०१९ मा लायन्स क्लब इन्टरनेश्नल (LCI) ले लायन्स क्लब आफ सन्नीभेल एभरेष्टका निवर्तमान अध्यक्ष मंगल तामाङलाई LCI Specialty Clubs Coordinator मा नियुक्त गरेको छ। हालको यो पद भनेको लायन्सको लागि क्याबिनेट पद हो।

लायन्सले यसपूर्व नै नेपाली मूलका राजेन थापा र राज श्रेष्ठलाइ यस्तो नियुक्ति दिएको छ। ऐले आएर मंगल तामाङ तेश्रा व्यक्ति भएका हुन्। गत जुलाई महिनामा मात्र मंगल तामाङ लायन्स क्लबको District 4C6 को लागि जोन चेयर पर्शनमा छनोट भएका थिए।

उसो त तामाङले आफू लायन्स क्लब अफ सन्निभेल एभरेष्टको चार्टर मेम्बर हुँदै प्रथम उपाध्यक्षबाट आफ्नो लायन्स यात्रा तीन बर्ष पहिला मात्र सुरु गरेका हुन्। त्यसपछि उनले अन्तराष्ट्रिय समेम्लन, मल्टिपल डिष्ट्रिक (MD4) क्यालिफोर्नियाको जिम्मेद्वारी हुँदै थुप्रै काम गरेका छन्।

यस क्रममा उनले नेपाल चिनाउने र नेपालको पर्यटन प्रवर्धनमा पनि योगदान दिएको कुरा हलिउडखबरसँगको कुराकानीमा बताए। लायन्सको अभियानमा आफ्नो तीन बर्षको छोटो अबधिमा नै यति ठूलो छलाङ मार्न सफल मंगल तामाङले पहिला नेपाली हुन्। उनको यो सफलताबाट नेपाली समुदायलाई लायन्स समुदायमा एक तह सम्म उच्च बनाएको छ। मंगल तामाङ क्यालिफोर्निया राज्यको सान होजे शहरमा बस्दै आएका छन्।