आजदेखि मनाङ्गे नानी प्रदर्शन 

Hollywood Khabar May 09,2018 Comments

२८ बैशाख ,पोखरा।विश्वकै उच्च स्थानमा रहेको तिलिचो तालमा छायांकन गरिएको तमु समुदायको संस्कार संग सँग सम्बन्धित नेपाली कथानक चलचित्र मनाङ्गे नानी शुक्रबार देखी नेपालका बिभिन्न चलचित्र हलहरुमा प्रर्दशन हुने भएको छ।शुभेच्छा फिल्म प्रोडक्शन प्रा.लिको ब्यानरमा बनेको चलचित्र मनाङ्गे नानीमा नायक भिम गुरुङ र नायिका शान्ति गुरुङको मुख्य अभिनय रहेको छ।चलचित्र युवा पुस्तालाई लक्षित गरी माया प्रेमका बिषय बस्तु समाबेश गरी निर्माण गरिएको चलचित्रका निर्देशक खुस बहादुर गुरुङले बताए ।

मनाङ्गे नानीमा मनाङ जिल्लाको ताँचे गाउँ, युङलुङ मैदान, बगरछाप, पिसाङ, गंगापूर्ण ताल, तिलिचो तालतथापोखरा, तनहुँलगायतका ठाउँहरुमा छायाँकन गरिएको छ।५० लाखभन्दा बढि लागतमा बनेको चलचित्रमा गौतम गुरुङ, सोल बहादुर गुरुङ, भिमराज गुरुङ र टिका गुरुङले निर्माताको भुमिकानिर्बाह गरेका छन भने सो चलचित्रको कथा, संगिततथानिर्देशन खुस बहादुर गुरुङको रहेको छ । साथै कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ लगायतको बिशेष भुमिका रहेको चलचित्रको छायाँकन श्रीकृष्ण फुयालले गरेका छन् ।