तस्बिर साभार वेब

मनाङको हुम्डे विमानस्थल सञ्चालनमा: ६ वर्षपछि हवाई सञ्जालमा पोखरा–मनाङ जोडियो

Hollywood Khabar September 13,2019 Comments

२९ भाद्र पोखरा।पोखरा र मनाङ ६ वर्षपछि हवाई सञ्जालमा जोडिएका छन् ।६ वर्षदेखि बन्द मनाङको हुम्डे विमानस्थल पुनःसञ्चालनमा आएसँगै दुई जिल्ला गएको शुक्रबारदेखि हवाई  सञ्जालबाट जोडिएका हुन् ।

११ हजार एक सय ४५ फिट उचाइको हुम्डे विमानस्थल विश्वको १८औँ अग्लो स्थानमा रहेको विमानस्थल हो ।प्रदेश सरकारको विशेष पहलमा शुक्रबारदेखि समिट एयरले हवाई सेवा सञ्चालन गरेसँगै हवाई मार्गबाट दुई जिल्ला जोडिएका हुन् ।आगामी १० असोजदेखि व्यावसायिक उडान सुरु हुने समिट एयरले जनाएको छ । 

०३९ सालमा बनेको यो विमानस्थल ०७० देखि बन्द थियो । १० असोजमा अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर पारेर नियमित उडान गर्ने तयारी प्रदेश सरकारको छ ।नौ सय मिटर धावनमार्ग रहेको हुम्डे विमानस्थलमा ०७० मा कालोपत्रे गरिएको थियो ।कालोपत्रे भएदेखि नै नियमित उडान रोकिएको थियो ।