अधिवक्ता दिपक कुमार बिष्ट

मानव बेचबिखन‚विकराल समस्या: पिडित नै जाहेरी दिन मान्दैनन्

Hollywood Khabar January 05,2019 Comments

मानव बेचबिखन  अर्थात मानव तस्करी भन्नाले यौन व्यापार, मानव अङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रमका लागि हुने मानिसको अवैध व्यापारलाई बुझ्न सकिन्छ । यो एक सामाजिक अपराध हो । मानव बेचबिखन अहिले विश्वका सामाजिक अपराध मध्ये जल्दोबल्दो अपराधको रूपमा संसार भर मौलाएको छ। चेलीबेटी बेचबिखनको मुख्यकारण गरीबी,सामाजिक बिभेद,अशिक्षा, अज्ञानता आदि हुन।

महिलालाई विना इच्छा कुनै पुरुषसंग जबरजस्ति सहवास गराएर धन आर्जित गर्नु पनि मानव बेचबिखनकै एक पाटो हो। यो महिला प्रति हुने क्रूर अपराध मध्ये कै एक हो यस्तो कार्य नेपालमा भित्रीरूपमा रहेता पनि विदेशी ठूला ठूला शहरहरुमा अत्यधिक ज्यादा हुने गरेको छ । विभिन्न देशबाट पैसा र जागिरको लालच बेचिएर कतिपय स्त्रिहरु  आफ्नो ईच्छा नहुदा नहुदै पनि भारतका वेश्यालयमा आफुलाई दिनानुदिन लुटाएर बाँच्न बाध्य छन्।

नेपाल मानव तस्करीको लागि सहज मुलुकको रूपमा चिनिनु पक्कै पनि सुखद होईन । केही वर्ष अघिसम्म नेपालबाट सीमापारि भारतमा घरेलु कामदारको रूपमा जानेहरू श्रम र ती मध्ये केही यौन शोषणको सिकार हुने गरेको कुरा साह्रै सोचनिय भएको छ। त्यो सँगै भारतीय ‘यौन बजार’ मा नेपाली बालिका तथा युवतीको बेचबिखन र त्यो कारोबारमा नेपाली ‘दलाल’ हरूको संलग्नता कानुन र राज्यका विविध संयन्त्रको सक्रियताबाट निरुत्साहित हुँदै आएपनि नयाँ रूपमा मानव तस्करी मौलाएको छ । सार्कले मानव तस्करी विरुद्धको सहयोग सञ्जाललाई सक्रिय बनाउने निर्णय गरेपछि सम्भवतः‘यौन बजार’ मा नेपाली महिलाको उपस्थितिमा न्यूनता आएको भनिए पनि सन्तोषजनक भने देखिदैन ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत २०७४ असार देखिका ४ महिनामा मात्रै मानव तस्करीको चंगुलमा परेका ८१ महिलालाई भारत र अन्य विभिन्न देशबाट उद्धार गर्यो् । तर मानव तस्करीमा संलग्न एजेन्टको न पहिचान हुन सक्यो न कोही पक्राउ नै परे । उद्धार गरिएका कसैले पनि किटानी जाहेरी नगरेका कारण कसैलाई पनि कार्बाहि हुन सकेन–प्रहरीको भनाई थियो ।

मानव तस्करीको चंगुलमा परेर भारतका विभिन्न सहरमा अलपत्र पारिएका नेपाली महिलाका बारेमा दु:खपूर्ण खबर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आइपुग्छ । विभिन्न सूत्र र सम्पर्क मार्फत आउने त्यस्ता सूचना प्रमाणित भएपछि ब्युरोको पहिलो काम हुन्छ, त्यस्ता महिलालाई उद्धार गरेर नेपाल ल्याउने । तर उद्धार गरिएकाहरूले कसैविरुद्ध जाहेरी दरखास्त नदिँदा प्रहरीको अनुसन्धान कुनै निष्कर्षबिना नै टुंगिन्छ ।

गत २१ वैशाखमा ब्युरोले दुबई अध्यागमनद्वारा फिर्ता गरिएका ४४ महिलाको उद्धार गर्योस । नेपालका विभिन्न नाकाबाट भारतको दिल्ली पुगेका उनीहरू कुवेतमा घरेलु कामदारका लागि जाने भन्दै दुबई पुगेका थिए ।घटनापछि ब्युरोले निष्कर्ष निकाल्यो, मानव तस्करीको चंगलुमा परेर त्यति धेरै महिला अवैध बाटोबाट कुवेत पुर्या,उन खोजिएको थियो । महिलाको उद्धार त भयो, तर नेपाल फर्केका कुनै पनि पीडितले आफूलाई त्यहाँ पुर्यालउने एजेन्टविरुद्ध जाहेरी दरखास्त दिएनन् । एक लाखदेखि डेढ लाख रुपियाँसम्म दलाललाई बुझाएका र बीच बाटोबाटै फर्किनुपरे पनि उनीहरूले न कुनै एजेन्टको नाम पोले, न उजुरी नै दिए ।

फलत:ब्युरोले मानव तस्करीको यति ठूलो घटनामाथि पनि अनुसन्धान अघि बढाउन सकेन न कोहि अभियुक्त पक्राउ परे । मानव तस्करीमा परेर समस्या खेपिरहेकालाई उद्धार गरेर ल्याउने तर अनुसन्धानको प्रक्रिया अघि नबढने घटना ब्युरोका लागि नयाँ होइन ।

गत जेठ २ मा ब्युरोले भारतको नयाँदिल्ली स्थित नेपाली दूतावास र भारतीय प्रहरीको क्राइम ब्रान्चको सहयोगमा भारत ओम विहारबाट २४ नेपाली महिलाको उद्धार गर्यो। मानव तस्करको सेटिङमा नयाँ दिल्लीबाट ती महिलालाई घरेलु कामदारमा काम लगाउने गरी कुवेत लैजाने तयारी थियो ।नेपालबाट दिल्ली पुर्याीएको महिनौंसम्म पनि दलालले झुलाएर राखिरहेको अवस्थामा ती महिलाको उद्धार भयो ।

त्यस्तै कुवेतलगायतका देशमा आकर्षक रोजगारीको प्रलोभन देखाई भारतको नयाँदिल्ली पुर्याेइएका ५ महिलालाई ब्युरोले साउन १६ गते माइती इन्डियाको सहयोगमा उद्धार गरी नेपाल ल्यायो । तर यी दुबै घटनामा उद्धार गरिएका कुनै पनि महिलाले दलालविरुद्ध जाहेरी दरखास्त दिएनन् । जाहेरी अभावमा ब्युरोले अनुसन्धान अगाडि बढाउन सकेन ।

त्यस्तै साउन १६ मा भारतबाट उद्धार गरिएकामा झापाकी दुई सन्तानकी २४ वर्षीया आमा पनि थिइन् । श्रीमान्ले सधैं रक्सी पिएर कुटपिट गरेपछि वाक्क भएर उनी दलालको फेरो समातेर कुवेत जाने सपनामा भारत पुगेकी थिइन् । वैदेशिक रोजगारीका नाममा हुने मानव तस्करीको चंगुलबाट उद्धार गरिएका निकै कमै मात्र महिलाले तस्करीविरुद्ध जाहेरी दरखास्त दिन्छन् । किटानी जाहेरीको अभावमा मानव तस्करीको धन्दा निर्वाध चलिरहेको छ ।

विदेशी भूमिमा अलपत्र परेर उद्धार गरिएपछि पनि उनीहरू कुनै न कुनै देश जसरी भए पनि पुगिछाड्ने अठोटमा देखिन्छन् । घरायसी हिंसा वा आर्थिक संकटबाट गुज्रेका महिलाहरू दलालले देखाउने सपनामा यसरी बेरिएका हुन्छन् कि उनीहरू दलाल विरुद्ध उजुरी गर्ने हिम्मत नै गर्दैनन् । ‘पीडितको उजुरी अभावमा वा पीडितहरू नै सम्पर्क विहीन भइदिँदा मानव तस्करमाथि कारबाही चलाउन समस्या भइरहेको  प्रहरीको छुट्टै गुनासो छ ।’