-सांकेतिक तस्विर

मदन पुरस्कारका लागि ७ कृति छनोट

Hollywood Khabar July 09,2019 Comments

२५ असार, काठमाडौं ।मदन पुरस्कारका लागि ७ कृति छनोटमा परेका छन्।‘मदन पुरस्कार–२०७५’को ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले २५७ कृतिमध्ये ७ वटालाई पुरस्कारका लागि छनोट गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जनाएका छन् ।छनोटमा परेका कृतिमा सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ र कुमार नगरकोटीको ‘ज्ञ’,छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ उत्कृष्ट सातमा परेका छन्। छनोटमा परेका यिनै सात  कृतिमध्ये यौटाले २ लाख रुपैयाँ  राशि रहेको ‘मदन पुरस्कार–२०७५’ पाउने छ।