https://www.youtube.com/embed/Bb56jQlRBOM

ममता दिपबिमको “मनको कुरा” सार्वजनिक

Hollywood Khabar June 20,2017 Comments

कृष्ण के सी
बिगत साँढे दुइ दशक देखि गायन क्षेत्रमा रहनु भएकी ममता दिपबिम हामी मध्ये धेरैले सुनेको नाम हो। भर्खरै ममता दिपबिमको नयाँ गीत “मनका कुरा” को भिडियो सार्वजनिक भएको छ।
सुरिलो रुख साललाई हो जस्ता चर्चित गीत गाउनु भएकी ममताको बाल्य काल पारिवारिक सांगीति माहोलमा बितेको थियो। पिता मदन दिपबिम बस्नेत एक बरिष्ठ संगीतकार हुनुहुन्छ भने माता शिव दिपबिम बस्नेत पनि गायिका हुनुहुन्छ।
उसो त शीला बहादुर मोक्तानबाट शाश्त्रिय संगीत सिक्नु भएकी ममताले आठै बर्षको कलिलो उमेरमा पहिलो गीत रेकर्ड गराउनु भएको हो। ५ दर्जन भन्दा धेरै गीत र ४ वटा म्यूजिक एल्बम पस्कन सक्षम ममता १९९९ मा अमेरिका छिरे पछि भने गायन अलिकती सेलाउनुभयो। लामो समय पछि नयाँ गीत “मनको कुरा” को भिडियो समेत ल्याउनु भएको छ।