MALVIKA SUBBA, PIC-KRISHNA KC 2014 KATHMANDU

बाल्टिमोरमा मिस्टर एण्ड मिस ANA  नेपाल २०१७ लागि माल्भिका सुब्बा आउने

Hollywood Khabar May 14,2017 Comments

विजय थापा,वाशिंगटन डिसी 

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए )को बार्षिक सम्मेलनमा मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ नामक कार्यक्रम हुने भएको छ l ९ बर्ष देखि लगातार कार्यक्रम गर्दै आएको आयोजक संस्थाले छापा बिज्ञप्ति जारी गर्दै यसको लागि ईक्षा गर्ने पुरुष तथा महिलाहरुको लागि आवेदन पत्र खुला गरिएको जनाएको छ l 

आवेदक पुरुष तथा महिलालाई जुन ५ तारिख सम्म संस्थाको आधिकारिक संजाल (वेब )मार्फत दरखास्त दिन आव्हान गरेको छ l जुलाई २ तारिख भब्य कार्यक्रम बिच मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को घोषणा गरिने छापा बिज्ञप्तिमा जनाएको छ l 

नेपाली संस्कृति शैलीको उत्सव ( अ फिएस्टा अफ नेपाली कल्चर इन स्टाएल ) मा उक्त कार्यक्रम हुने छ l यसको लागि नेपाल कि प्रसिद्ध भेषभूषा अभिकल्पकार (डीजाइनर ) सुबेक्षा भडेल हुने छिन् भने कार्यक्रमको सह अध्यक्षहरुमा बिराज श्रेष्ठ तथा मिस एएनए नेपाल २०१४ कि रिया श्रेष्ठ रहने भएका छन् l 

यसै गरि सन् २००२ कि नेपाल सुन्दरी माल्भिका सुब्बाले मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ को सम्पूर्ण निर्देशन गर्ने छिन् l बिजताहरुलाई नेपाल आवत जावत को निशुल्क हवाई जहाजको टिकट (निशुल्क प्रवेश पत्र) को व्यवस्था गरिने छ l उक्त व्यवस्था अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित एरो नेपाल ट्राबल तथा एयर जोन ट्रावल ले प्रयोजन गर्ने छन् l