-सांकेतिक तस्विर

मालपोत अधिकृतको काम- ५९० रोपनी सरकारी जग्गा झ्वाम 

Hollywood Khabar May 15,2019 Comments

२ जेठ काठमाडौं।जुम्लाका मालपोत अधिकृतले  ५९० रोपनी सरकारी जग्गा श्रीमती, छोरी र नातागोताको नाममा पास गरेका छन्।मालपोत अधिकृत जुम्ला गुठिचौर गाउँपालिका-४ बाउलीगाउँका गोविन्दप्रसाद न्यौपानेले सेवामा रहँदा २०६६ सालमा गुठिचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको ३ लाख वर्गमिटर अर्थात ५९० रोपनी जग्गा पत्नी गोमा, छोरी पार्वती र १४ जना आफन्तको नाममा दर्ता गराएका हुन् ।

राष्ट्रिय भेडाबाख्रा फार्मको विभिन्न कित्ताको २२ लाख वर्गमिटर जग्गा नापनक्सा भएको छ।साविक गुठिचौर गाविस- ६ को कित्ता नम्बर ३ मा भेडाबाख्रा फार्मको नाममा ६ लाख २१ हजार ५२५ वर्ग मिटर जग्गा फिल्डबुकमा कायम छ।त्यसैमध्येको तीन लाख वर्ग मिटर (५९० रोपनी) जग्गा न्यौपानेले आफ्नो बनाएका हुन् ।