अब मलेसिया जान ५८ सय रुपैयाँ मात्र

अब मलेसिया जान ५८ सय रुपैयाँ मात्र शुल्क तिरे पुग्छ

Hollywood Khabar October 28,2018 Comments

नेपाल सरकार र मलेसियाबीच २९ अक्टुवर, २०१८ सोमबार श्रम समझदारीमा हस्ताक्षर भएको छ। जस अनुसार उपान्त मलेसिया जान ५८ रुपैयाँ मात्र शुल्क तिरे पुग्छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संसाधनमन्त्री कुला से गरनले समझदारीमा सो हस्ताक्षर भएको हो।
 
मलेसियामा कामको लागि जाने नेपालीहरुले अब ५८ सय रुपैयाँ मात्र शुल्क तिरे पुग्ने भएको छ। नेपाल सरकार र मलेसिया सरकारबीच भएको श्रम समझदारी पत्रले सो ब्यबस्था गरेको छ। यसमा सरकारलाई बुझाउने श्रमिक कल्याणकारी कोषको १ हजार र बिमाको ४८ सय २५ रुपैयाँ बाहेक सबै खर्च रोजागारदाताले बेहोर्ने कुरा सहमतिमा उल्लेख छ।
उपरान्त कामदार पठाउन लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच खर्च रोजगारदाताबाटै बेहोर्ने गरी मलेसियाले जिम्मेवारी कुरा श्रममन्त्री विष्टले जानकारी दिएका छन्।