-मखमली माला बेचेर तेजाब आक्रमणका घाइतेलाई सघाउदै

मखमली माला बेचेर तेजाब आक्रमणका घाइतेलाई सघाउदै

Hollywood Khabar October 23,2019 Comments

तारा मेरो घरमा आउनु न, मेरो करेसा बारीमा फलेको फर्सिको मुन्टा अलिकती तपाईंको लागि राखी दिएको छु।

हिक्सभिल, न्यू योर्ककी शोभा पोखरेल श्रेष्ठले छिमेकी तारा कोइराला मैनालीलाई फोनमा कुरा गर्दै भनिन । तारा श्रीमानलाई लिएर शोभाको घरमा केहीबेरमै पुगिन । केही बर्ष अगाडि शोभाले करेशा बारी भएको घर किनेकी छिन । त्यहा नेपालमा पाइने सबै खालका तरकारी र फुलहरु लटरम्मै फुलेका थिय । शोभाले एक छाक पुग्ने फर्सिको मुन्टाको मुठो ताराको हातमा दिदै अलिकती मखमलिको माला उनौ न भन्दै बैठक कोठामा लगिन । त्यहाँ करीब बिस पच्चिस वटा मालालाई पुग्ने मखमली फुल थिय ।

ताराकी श्रीमान अर्जुनले भाउजु, यो फुलको माला बेचेर आएको पैसा कुनै सामाजिक संस्था वा दुखिलाई सहयोग गरौँ न, भने । शोभा स्थानिय नेपाली संमाजमा सकृय महिला पनि हुन । हो नि ! कस्तो राम्रो कुरा गर्नु भयो ! नेपालमा दुख पाएका धेरै छन कस्लाई सहयोग दिउँ त ? शोभाले सोधिन ।

अर्जुनले नेपालका केही दुखमा परेका गरीबका कुरा गर्दै भर्खरै बिरगन्ज स्थित हनुमान माध्यमिक बिद्यालय मा अध्ययन गर्न जाँदै गर्दा छात्रा मुस्कान खातुनको अनुहारमा केही अपराधीक युवाहरुले तेजाब खन्याएर घाइते पारेका र किर्तिपुर मा उपचार भै रहेको कुरा शोभालाई सुनाए । उपचार गरी रहेकी मुस्कानको स्वास्थ्यमा सुधार भै रहेको र पछी डाक्टर बन्ने सपना रहेछ । तर के गर्नु उनकी गरीब बुवा रसुल अन्सारीले ति घाइते मुस्कानको इच्छा पुरा गर्न सक्ने अवस्थामा नै छैनन ।

अपराधीहरुले खराब नियतबस एउटी असल र भर्खरकी राम्री केटीलाई बिगार्ने काम गरे । यो कुनै पनि हालतमा क्षम्य छैन । यो समाचारले म पनि धेरै दुखी भएँ' शोभाले भनिन, म धेर थोर सहयोग त कुनै पनि बेला गर्न सक्थें, तर म यही माला बेचेरै आएको रकमले सहयोग गर्न चाहन्छु । अहिले तिहार चाडपर्वको समय पनि छ । भौगोलिक टाढाको कारणले मैले दाईलाई भाई पूजा र टिका लगाइ दिन पाइनँ । घाइते बहिनी मुस्कानको अनुहारमा खुशी ल्याउन आफ्नै हातले बनाएको माला बेचेर आएको पैसाले सहयोग गर्छु' शोभाले भनिन, यसमा मेरो माया लुकेको छ।मेरो करुणा भावना छ ।