साङ्केतिक तस्बिर ;साभार वेब

मकवानपुर र बाराको सिमानाको चुरियामाई मन्दिर नजिक बस दुर्घटना

Hollywood Khabar June 16,2019 Comments

२ असार मकवानपुर।मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाई मन्दिर नजिक भएको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् ।

चितवनबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ४०१५ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा एक जनाको ज्यान गएको र ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो।

दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ।घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।घाइतेहरूको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भैरहेको छ।