-महिला कर्मचारी कुट्ने वडाध्यक्ष

महिला कर्मचारी कुट्ने वडाध्यक्ष हिरासतमा :पाँच दिनको म्याद थप

Hollywood Khabar November 11,2019 Comments

२७कार्तिक,काठमाडौं।कैलालीमा वडा कार्यालयकी महिला कर्मचारीलाई कुटपिट गर्ने वडाध्यक्षलाई हिरासतमा राखी अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको छ।मोहन्याल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष छविलाल हौजाली मगरले सोही वडा कार्यालयकी अपाङ्ग एकल महिला कर्मचारी तुलसरा सिजालीलाइ कुटपिट गरेको आरोपमा प्रहरीले सोमबार वडाध्यक्षलाइ पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डीएसपी दक्षकुमार बस्नेतले वडाध्यक्ष मगरमाथि सार्वजनिक हित विरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता भएको बताए।पीडित महिलाले  वडाध्यक्ष मगरले गत सोमबार कटौंजेस्थित वडा कार्यालयको एक कोठाभित्र थुनेर लठ्ठीलठ्ठीले निर्घात कुटपिट गरेको आरोप लगाएकी छिन्।स्थानीय निर्वाचनमा पूर्व माओवादीबाट निर्वाचित मगर हाल नेकपा मोहन्याल गाउँ कमिटीका सदस्य समेत हुन्।