एक महिला चार बर्षमा चार पटक बलात्कृत !

0
shares

by Soni Sharma | Updated: 24 Jun 2019

94 views
-सांकेतिक तस्विर

९ असार,दाङ।दाङमा एक महिलाले आफुलाई बलात्कार गरेको भन्दै चारजना विरुद्ध जवरजस्ती करणीको  मुद्दा दायर गरेकी छन्। तुलसीपुर निवासी ३१ वर्षीया महिलाले चार वर्षको अन्तरालमा चार जनाले बलात्कार गरेको भन्दै चार जनाविरुद्ध मुद्दा दायर गरेकी हुन्। उनले २०७२ कात्तिक १५ गते विष्णु आचार्यविरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा मुद्दा हालेकी थिइन्।उक्त मुद्दामा जिल्ला अदातलले आचार्यलाई उक्त  दोषी ठहर गर्दै ७ वर्ष कैदको फैसला सुनायो।

तेस्तै २०७५ साल पुस २२ गते लक्ष्मण गैरेले आफूलाई जवरजस्ती करणी गरेको भन्दै  जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा हालिन्।गैरे अहिले पूर्पक्षका लागि थुनामा छन् भने गत जेठ २७ गते बसपार्क प्रहरी चौकीमा कार्यरत ३६ वर्षीय हवलदार मानबहादुर गुरुङ र बबई गाउँपालिका निवासी २७ वर्षीय किशोर खड्का बिरुद्द  ईप्रका तुलसीपुरमा जवरजस्ती करणी गरेको भन्दै मुद्दा हालेकी छन्।ती महिलोको जाहेरी परेलगत्तै प्रहरीले तुलसीपुरको लाई पक्राउ गरी थुनामा राखेको छ।ती महिलाले आफूलाई प्रहरी हवल्दार गुरुङ र खड्काले मिलेर जेठ २१ राति जवरजस्ती करणी गरेको जाहेरी प्रहरीमा दिएपछि दुवैजना विरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।