NRNA:एनआरएनए आइसीसीको कोषाध्यक्षमा महेश श्रेष्ठ उम्मेदवर

0
shares

by Krishna KC | Updated: 16 Aug 2019

145 views
-NRNA:एनआरएनए आइसीसीको कोषाध्यक्षमा महेश श्रेष्ठ उम्मेदवर

कृष्ण के सी/अमेरिका/८/१६/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ उम्मेदवार हुने भएका छन्। वार्षिक ८० करोड देखि एक अरब सम्मको एनआरएन कोष स्थापना गर्ने योजना गर्दै संघको कोषाध्यक्ष पदमा श्रेष्ठले उम्मेदवारी दिने भएका हुन्।

बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका श्रेष्ठको कर्मभूमी भने जापान हो। समाज शास्त्रमा एमए गरेका श्रेष्ठ त्यो भन्दा विल्कुलै फरक सिभिल इन्जिनियरिङ समेत पढेका छन्। तर ऐले भने जापानको काएचु विश्वविद्यालयमा पीएचडी गर्दैछन।

श्रेष्ठ नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य समेत रहिसकेका छन्। उनि एक सफल ब्ययासायी मात्र होइन एनआरएन सँस्थामा एउटा सरल तर आशालाग्दो नेता पनि हुन्।

उसो त नेपाल सरकारको आर्थिक नीति र विदेशमा बस्ने नेपाली र नेपाली मूलका व्यक्तिहरुप्रति धेरै काम गर्न बाँकी रहेको कुरा श्रेष्ठ बताउँछन्। जापान र नेपालमा उनका थुप्रै लगानी रहेका छन्। उनका लगानीहरु प्राय सबैजसो अर्थ र फाइनान्सका क्षेत्रमा रहेका छन्।

गैरआवासीय नेपाली संघमा बजेटको योजना र खर्च ब्यबस्थापनलाइ ब्यबस्थित गर्ने योजना छ उनको। त्यसैले गर्दा नै आफू कोषाध्यक्ष पदमा उम्मेदवार हुने इच्छा गरेको उनले बताए।

आफू कोषाध्यक्ष भएमा श्रेष्ठले श्रमिक कल्याण कोषको स्थापना, संकटकालीन कोष, प्रशाशन र प्रोजेक्ट खर्च संबन्धि थप नीति र ब्यबस्था जस्ता कुराहरुमा ध्यान दिने बताएका छन्। यस्ता कोषमा वार्षिक ८० करोड देखि एक अरब रुपैया संकलन गर्ने उनको योजना रहेको छ। यति मात्र होइन उनिसँग त्यसको बिस्तृत योजना समेत रहेको छ।