तस्बिर साभार वेब

कृष्णबहादुर महरा अब सांसद रहेनन्: निलम्बनमा सांसद पद

Hollywood Khabar October 09,2019 Comments

२३ असोज,काठमाडौं।निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद पनि निलम्बन भएको छ।संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार एक सूचना जारी गर्दै महराको संसद पद निलम्बन भएको जनाएका हुन्।

महानगरीय प्रहरी वृत्त बानेश्वरले महरा पक्राउको जानकारी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई गराएको उल्लेख गर्दै महासचिव भट्टराईले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम ३ बमोजिमको प्रयोजनका लागि पक्राउ गरिएको हुँदा उपनियम २ बमोजिम सूचना जारी गरिएको बताएका छन् ।