तस्बिर साभार वेब

महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्रबैंकको गभर्नरमा नियुक्त

Hollywood Khabar April 05,2020 Comments

२४ चैत्र काठमाण्डौ।आज बसेको सरकारको मन्त्रिपरिषदको बैठकले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्रबैंकको गभर्नरमा नियुक्त गरेको छ।सरकारको यो निर्णयसँगै महाप्रसाद अधिकारीले पाँच वर्षअघि फुत्केको पदमा शानदार ‘कमब्याक’ गर्न सफल हुनुभएको हो। राष्ट्र बैंकका हालका बरिष्ठ डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र पूर्व अर्थसचिव राजन खनाललाई पछि पार्दै अधिकारी नोटमा हस्ताक्षर गर्ने पदमा पुग्नुभयो।‘मन्त्रीपरिषद्को बैठकमा पनि हाँसो भयो, खतिवडाजीले प्रधानमन्त्रीलाई कन्भिन्स गराउन सक्नु भएछ भन्ने प्रष्टै देखिन्थ्यो’, एक मन्त्रीले भने ।

नेपाल राष्ट्र बैंक अधिकारीको लागि नौलो थलो होइन, किनकि उहाँले ३० वर्ष राष्ट्र बैंकमै बिताउनुभएको छ।महाप्रसाद अधिकारी कार्यकारी निर्देशक हुँदै डेपुटी गभर्नरसम्म पुग्नुभएको थियो।पाँच वर्ष अघि पनि गभर्नरको लागि उहाँ शर्टलिस्टमा पर्नुभएको थियो।तर चिरिञ्जिवी नेपालले उहाँलाई पछि पार्नुभयो। 

२०७२ सालको पुसमा नेपाल राष्ट्र बैंकबाट अवकास पाउनु भएका अधिरकारी २०७३ सालको असारमा लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत सिइओमा नियुक्त हुनुभयो।नेपाल राष्ट्रबैंकका पूर्व गभर्नर र अहिलेका अर्थमन्त्री युवराज खतिवडाका विश्वासपात्र र खतिवडाको सफलताका मुख्य पात्रका रुपमा अधिकारी चिनिनुहुन्छ। ३० वर्ष राष्ट्रबैंकमा रहँदा अधिकारीले संस्थागत सुशासनलाई धेरै महत्व दिनुभएको थियो भने बैंक तथा वित्तिय संस्थाको सुपरिवेक्षणको लागि कडा नियमहरु बनाउन पनि अधिकारीकै हात थियो।२६ वर्ष नेपाल राष्ट्र बैंकमा बिताएका अधिकारीलाई सफल गभर्नर बन्ने मौका छ। तर कोरोनाको महामारीले विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि कमजोर हुने पूर्व संकेत देखिएको बेलामा गभर्नरमा नियुक्त हुनुभएका अधिकारीलाई अवसरसँगै चुनौती पनि मनग्य देखिन्छन् ।