-महङ्गो जिन्दगीको सस्तो ब्याज

महङ्गो जिन्दगीको सस्तो ब्याज

Hollywood Khabar June 16,2020 Comments

-घनश्याम श्रेष्ठ, काठमाडौँ/६/१७/२०

थपिदै छ झन्, एक पछि, अर्को पीडा,
पिडा माथि, लादिएको झन्, आफ्नै चर्को व्यथा सहनु पर्दो रहेछ !

 

यहाँ यस्तै, पिडै पिडाको ब्याज, तिर्दा तिर्दै,
महङ्गो जिन्दगीको पनि, सस्तो ब्याज मृत्यु, तिर्नपर्ने रहेछ !!

मुटु भित्र लागेका, अनगिन्ती अदृश्य चोट हरु,
चर्र्चराउँदै बगेका आला रगतका भेल हरु !

आँखाले नदेखोस, कसैले, भनि सजिलै,
बगेका आँशु हरु पनि, परेली झुकाउँदै झार्नु पर्ने रहेछ !!

कहिले आफ्नैले त, कहिले पराईले,
आफ्नै भनि, आभाष, दिलाउंदा दिलाउँदै, चोईटिनु पर्दो रहेछ !

चोईटिदा, चोईटिदै, एकोहोरो, एकतमासले,
समय सँगै, एक्लै, एक्लै, बाँच्ने आधार, बनाई दिँदो रहेछ !!

धेरै धेरै, मानिसको, ठुलो जमातमा,
रुम्मलिएर जताततै, आफुले नै आफैलाई, खोज्दै हिड्नु पर्ने रहेछ !

कुनै बन्देज, छेकबारको तगारोले नभई,
माया अनि प्रेमको, लडाई लड्दै, जिन्दगिमा सधै हार्नु पर्ने रहेछ !!

अकस्मात आउने, मानब जिबनमा,
कहिले विपत्तिको त, कहिले प्रकृतिको, प्रकोप सँगै जुध्नु पर्ने रहेछ !

सापटी लिंदै दैब सँग, जन्मिदा,
महङ्गो जिन्दगीको पनि, सस्तो ब्याज, मृत्यु तिर्नपर्ने रहेछ !!

**दुर्लुङका एकै परिवार पहिरोले पुरिने मृतक प्रति हार्दिक श्रद्धान्जली!!!!