Mahabir Pun

महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाइ पाचँ लाख प्राप्त

Hollywood Khabar January 30,2017 Comments

म्यागासेसे पुरस्कार विजेता महावीर पुनको अभियान राष्ट्रिय आविस्कार केन्द्र स्थापनाका लागि नेपाल मगर संघ मलेसियाले  पाचँ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । नेपालको विकाश सृजनशील तथा प्रतिभावान नेपालीबाटै गर्न सकिन्छ र उनीहरुलाई काम गर्ने वातावरण सृजना गर्न बलियो संयन्त्र निर्माणगर्ने  मूल उद्देश्यका साथ स्थापना गर्न लागिएको राष्ट्रिय आविस्कार केन्द्र स्थापनाका लागि नेपाल मगर संघ मलेसियाले उक्त रकम दिने भएको हो । 

म्यागासेसे पुरस्कार विजेता महावीर पुनले राष्ट्रिय आविस्कार केन्द्र स्थापना यसलाई १० मेगावाट जलबिधुत योजना निर्माण गरी अन्तिममा  नेपाल सरकारकै सम्पत्तिको रुपमा प्रस्ताब गरिएको यो अभियानलाई सहयोग पुर्‍याउन रकम प्रदान गरिने भएको हो।

सोमबार क्वालालम्पुरमा आयोजित एक विशेष समारोहका बीच नेपाल मगर संघ मलेसियाका अध्यक्ष एनविपुन मगरले सहयोगको घोषणा गर्दै पुनले विदेशमा कमाएको रकम फजुल ठाउँमा खर्च नगर्न र विकासका काममा लगाउन आग्रह पनि गरिएको छ ।नेपाल मगर संघ मलेसियाले आयोजना गरेको एभरेष्ट कन्सर्ट २ मा प्रमुख अतिथिका रुपमा  मलेसियामा पुग्नुभएका पुनले आविस्कार केन्द्र स्थापना अभियानबारे. प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा नेपालबाट हिवलचियरमा आएका पुराना र चर्चित लोक दोहोरी गायक खड्ग गर्वुजाले आफ्ना लोकपि्रय गीतहरु गाउनुभएको थियो।गायक अल्मोडा राना मगर, लोक दोहारी गायिकाद्वय बसन्ती थापा, शान्तीश्री परियार, नृत्याङ्गना रिना थापा मगर, मयुर नाँच नाच्ने कविराम थापा मगर, गायक मान रोक्कामगर लगायतकाले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।