महाभियोगको समर्थनमा नेजस अमेरिकाका ४ जनाको संयुक्त बक्तब्य

Hollywood Khabar April 30,2017 Comments

आदरणिय साथीहरु जयनेपाल!
बर्तमान नेपालको परिवर्तित राजनैतिक घटनाक्रम संगसंगै आएको सर्वोच्च अदालत को प्रधानन्यायधिश सुशिला कार्की बिरुद्धमा ब्याबस्थापिका संसदमा पेश भएको महाअभियोग प्रस्ताव एक लोकतान्त्रिक प्रक्रिया हो।

जुन राष्ट्रका तिन अंगहरु कार्यपालिका, ब्याबस्थापिका र न्यायपालिका एक अर्कामा शक्तिसंतुलन अंकुस वा चेक एण्ड ब्यालेन्स हुनु जरुरि छ। यस बिषयमा सर्बोच्च अदालतले विभिन्न समयमा अर्काको क्षेत्राधिकार आक्रमण नगरेको भने होइन। प्रधान न्यायधिसलाइ महाअभियोग प्रस्ताव पनि शक्ति पृथकिकरणको कै अभ्यास हो  न्यायमुर्तिवाट आफनो कर्तव्यमा विचलन आएपछिको सृजीत  अवस्था हो।

सोहि बिषयलाई लिएर नेपाली कांग्रेसका इतर पक्षहरु बाट बिषेसगरि सामाजिक संजालहरुमा नेपाली कांग्रेस तथा आदरणिय नेताहरु प्रति गलत लाञ्छना लगाउदै लोकतन्त्र र शक्ति पृथकीकरणको  सिद्धान्त कै बर्खिलापमा लेखिएका र गरिएका   अपमानित कार्यहरूप्रति यस नेपालि जनसम्पर्क समिति अमेरिका र हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

तसर्थ: लोकतन्त्र प्रेमी नेपालीहरु , तथा नेपाली कांग्रेस प्रति आस्थावान साथिहरू जो प्रबासमा रहेर पनि नेपाली कांग्रेसको गरिमा र संगठनलाई उच्च राख्नका लागि जनसम्पर्क समितिसंग संगठित साथीहरुले डटेर प्रतिकारात्मक सामना गर्दै ब्याबस्थापिका संसदले प्रस्तावित सर्बोच्च अदालतको प्रधान न्यायधिस बिरुद्धको महाअभियोग प्रस्ताबमा नेपाली कांग्रेसले एकमतले गरेको निर्णयको समर्थनमा जनमत सृजना  गर्न अनुरोध गर्दछौ।  

धन्यवाद
जय नेपाल !
नेपाली कांग्रेस, जनसम्पर्क समिति अमेरिका  

सि. पि. पौडेल -उपसभापति
भोज राज थोकर - सचिव
प्रमोद सिटौला - सदस्य
ओम भट्टराई - सदस्य
१, मे , २०१७