नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड

माघी महोत्सवलाई सम्बोधन गर्दै‘प्रचण्डले’जेलमा रहेका रेशम चौधरीलाई छिट्टै छुटाउने बताए

Hollywood Khabar January 14,2020 Comments

१ माघ काठमाडौं।टुँडिखेलमा आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्डले’ टीकापुर घटनाका दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीलाई छिट्टै छुटाउने बताएका छन्।बुधबार काठमाडौँको टुँडिखेलमा आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर बहस भइरहेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केही साथीहरु छुटेका छन्। रेशमलगायतका साथीहरु छुट्न बाँकी छ।छुटाइन्छ, केही समय पर्खिनुहोला।’उनले डिल्लीबजारस्थित सदर खोरमा पुगेर आफूले रेशम चौधरीलाई भेटेको समेत खुलासा गरेका छन् । उनले टीकापुर घटना, रेशम चौधरी वा थारु समूदायका समस्याबारे आफू जानकार रहेको भन्दै अझैपनि त्यसका लागि सहयोग जारी रहने बताए।

उनले सबै समूदायको मुक्तिको आन्दोलन जारी रहेको बताउँदै भने, ‘आवेगमा होइन, उत्तेजनामा होइन सवै जनसमुदायको मुक्तिको आन्दोलन अझै जारी छ।’ समस्याहरु समाधान गर्न अझैपनि संवाद र शान्तिपूर्ण आन्दोलनको बाटोबाट अघि बढ्न जरुरी रहेको प्रचण्डले बताए ।

प्रचण्डले आफूलाई १७ हजार मानिस मारेको भनेर लगाइएको आरोप झूट रहेको बताएका छन्।उनले आफूमाथि बारम्बार लाग्दै आएको आरोपमा कुनै सत्यता नरहेको समेत बताए।

‘मलाई ताकेर साथीहरुले धेरै कुरा राख्नु भएको छ।ति सबै कुराको जवाफ दिन सक्दिन।म तथ्यांक मात्र सच्याउन चाहन्छु।मैले १७ हजार मान्छे मारेर आएको तथ्यांक भन्ने गरिन्छ।साथीहरु यो सत्य होइन।यो सत्य होइन’, प्रचण्डले भने।

उनले सबै मारिएका मानिसको जिम्मा आफुँलाइ लगाउनु न्यायपुर्ण नभएको बताए।उनले भने, ‘सत्य के हो भने हिजोको सामन्ती राजाहरुले १२ हजार मारेका हुन्।मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म जिम्मा लिन्छु। तर राजाले मारेको १२ हजारको कुरा नहुने? राज्यले मारेको पनि मेरै टाउँकोमा हाल्ने गरियो भने यो न्याय हुँदैन।’